
पूर्णपुष्टि, साउन १२ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १७ जनाको शव आफन्तले बुझेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले शनिबार साँझसम्म १७ मृतकका आफन्तले शव बुझेको जानकारी दिए।
गत बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो। यस दुर्घटनामा जहाजमा सवार १९ जनामध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक १८ जनाको मृत्यु भएको थियो। प्रहरी प्रवक्ता कार्कीका अनुसार एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ। सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव अस्पतालमै रहेको छ।
