Wednesday, April 22News That Matters

स्कुल बस दुर्घटना : प्रतिनिधिसभामा गति नियमनको माग

पूर्णपुष्टि, साउन १४ । कास्कीमा भएको स्कुल बस दुर्घटनाको विषय आज प्रतिनिधिसभाको बैठकमा उठेको छ। सांसद शिव नेपालीले स्कुल बसको गति सीमित गर्ने नीति बनाउन र कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए। उनले सडक र हवाई दुर्घटना बढेको चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्ने बताए।

कास्कीको पोखरा महानगरपालिका–२१ मा आज बिहान भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक निष्कर्षमा तीव्र गतिका कारण दुर्घटना भएको उल्लेख छ। सांसद नेपालीले गण्डकी प्रदेश सरकारले ल्याएको यातायातसम्बन्धी ऐन यातायात व्यवसायी विरुद्ध भएको आरोप लगाए। अर्का सांसद रोशन कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि लागेको महिला हिंसाको आरोपबारे छानबिन गर्नुपर्ने माग गरे।