Monday, April 20News That Matters

स्रोत नखुलेको रकम र सुनसहित २ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक ५
सुनसरीको धरान उपमहानगरपालिका–२ स्थितबाट स्रोत नखुलेको नगद रकम र बिल भरपाई बिनाको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१५ सगरमाथा लाईन का ४८ वर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ का ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरु दुवैलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २५८.३२० ग्राम र नगद १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।