स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

पूर्णपुष्टि, कार्तिक ४
स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक जना युवक भक्तपुरबाट पक्राउ परेको छ । बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षीया चित्रबहादुर पुनलाई नगद सहित प्रहरीले पक्राउ गरको हो ।

बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।
त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी बताताउनुभयो । पुनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको डीएसपी गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: