Monday, February 17News That Matters

स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

बिजय कुमार राई
उदयपुर,  १७ माघ ।
जिल्लाको सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले चुमेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ डिएमगेटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
पहिलो हाफको निर्धारीत समय सम्म पनि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको सुरुवती ३७ औँ र ४७ औ मिनेटमा बोक्सेका तर्फबाट जर्सि नं. १० का खेलाडी अर्जुन मगरले व्यत्तिगत २ गोल गर्दै टिमलाई अग्रता दिलाए भने बोक्सेकै अर्का खेलाडि जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का खेलाडि लकि राईले सम्मन १–१ गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।
यता वडा नं. १२ को तर्फबाट भने रविसंकर चौधरीले खेलको ६६ औँ मिनटमा १ गोल गरे पनि थप गोल गर्न टिम असफल रह्यो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि १० नं. वडा बोक्सेका दिपक मगर घोषित भए । उनलाई पुरस्कार स्वरूप १ हजार नगद प्रदान गरियो ।
गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा गत ९ गते बाट सुरु भएको प्रतियोगितामा विजेता बोक्लेले ५० हजार नगदका साथ ट्रफि, मेडर र प्रमाणपत्र प्राप्त गरेको छ । उप–विजेता डिएमगेटलाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।
त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले विजेता टिम र खेलाडीहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा विधागत विजेता पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि बोक्सेका सनम राईले प्राप्त गरे । उनलाई ३ हजार नगद सहित सम्मन गरिएको थियो ।

यस्तै बेस्ट किपरको उपाधि १० कै उमेश थापा भए भने बेस्ट डिफेन्स डिएम गेटका जर्सि नं. ५ का खेलाडि युवराज थापा भए भने वडा १२ कै जर्सी नं.४ का खेलाडि अनुराग चौधरी बेस्ट डिफेन्स प्राप्त गरे । हाई स्कोरको उपाधि १० जर्सी नं. १६ का अर्जुन कुमार मगरले पाए । यस्तै बोक्से कै दिपेन्द्र दाहाल बेस्ट कोचको उपाधिबाट पुरस्कृत भए । विधागत खेलाडीलाई लाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरियो ।
त्रियुगाका संस्थापक नगरप्रमुख स्वर्गीय लालशेर राईको २४ औँ स्मृति दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । त्रियुगा नगर खेलकुद विकास समितिको संयोजन, त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा त्रियुगाका १६ मध्ये १४ वटा वडाका खेलाडी समूहको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए ।