हर्क साम्पाङले रचेको इतिहास

पूर्णपुष्टि, जेठ ९ ।
धरान उपमहानगरपालिकामा सायद कसैले पनि सोचेका थिएनन् होला कि यो पटक हर्क साम्पाङले चुनाव जित्लान भनेर । सर्बसाधारण मतदाताहरुमा केही आशा र भरोसा रहेछ । भित्रभित्रै मतदान दिएर जिताए । तर, ठूला दलहरु र तिनका नेता र उम्मेदवारहरुले कसैले पनि सोचेका थिएनन् एक स्वतन्त्र ब्यक्तिले सिङ्गो दलबललाई पराजय भोगाउला भनेर । तर, यो परिणाम मै देखि सकियो । विना दलबल जनताको घर आगनमा पुगेर मलाई एक भोट भन्दै हिड्ने स्वतन्त्र मेयरका उम्मेदवार साम्पाङ अन्ततः विजयी बने ।
उनको विजयले अव दलहरु र तिनका ठूला नेता भनाउदाहरुलाई निकै सोच्न बाध्य बनाएको छ । पैसा र पहुँचको भरमा पनि हर्क साम्पाङ जस्ता ब्यक्तिलाई हराउन नसकिने रहेछ भन्ने शिक्षा पनि भएको छ । जनता अव आफैमा सचेत र सजग पनि हुन थालेको आभाष यसपटक धरानको चुनावले देखाएको छ । हर्कलाई दलबल, भिडभाडमा रमाउनेहरुले चिनेका थिएनन् तर, मतदाताले कत्ति मजाले चिनेका रहेछन् । पत्रकार ऋषी धमला काठमाडौंदेखि आएर धरानमै कार्यक्रम गरे । उनले पनि हर्कलाई आकलन गर्न सकेनन् । उनले कार्यक्रममा निम्तोसम्म नगरेकोमा धरानबासी निकै रिसाएका थिए, अहिले जितेर देखाइ दिएपछि धमलालाई गालीको वर्षा छ ।
मतदानको दिनसम्म हर्क साम्पाङलाई कसैले खासै वास्ता गरेका थिएनन् । यस्ता वेवास्ता, अपमान, वेइजती त उनले जीवनमा अनगिन्ति भोगेको पाइन्छ । ति सबै पचाएर चट्टान झै उभिदै निरन्तर आप्mनो मुद्दा, अभियानमा अडिग उनी कहिलै हार खाएको देखिदैन । उनको यो अठोट र अदम्य शाहस, दृढतालाई यसपटकको चुनावमा राम्ररी बुझेका रहेछन् मतदाताहरुले । उनीहरुले ठूला दलबलको आँखा छलेर सुटुक्कै भोट दिएछन् । जब मतगणना हुदै जान्छ, उनको मत बढ्दै जाँदा सबैलाई आश्चर्यचकित पारे । अन्ततः जनताको मत धरानबासीको मत निर्णायक रुपमा उनीमाथि नै पर्यो । उनी धरानको मेयर बन्न सफल भए ।
सरसर्ती उनको जीवनशैली हेर्दा सम्पूर्णरुपले धरानबासी जनतामा समर्पित देखिन्छ । विहान वा बेलुका जुनसुकै बेला धरान र धरानबासीको विषयमा विचार, वहस, छलफल, अभियान, कार्यक्रम, रचना, गीत गरिरहेको पाइन्छ । निस्वार्थरुपले हरेक गतिविधि गरेको देखिन्छ । सहि मुद्दा र विचारमा निरन्तर अडिग देखिन्छ । सहि र सत्यको पक्षमा सधै उभिएको देखिन्छ । गलतलाई गलत र खराबलाई खराब नै हो भनेर बारम्बार बोलेको देखिन्छ । गाली र अपमानको प्रवाह नगरी धरान र धरानबासीलाई केन्द्रित गरी जे गर्न पनि तत्पर देखिन्छ । राजनीतिक दलभित्रको बेथितिले जनताले पाएको दुःख, भ्रष्टमतिहरुको पर्दाफाँस, भ्रष्ट र सोमतविनाको कर्मचारीतन्त्रविरुद्धको आवाज, ढोगी समाज र आवाजको विरुद्ध उढिरहेको देखिन्छ । जनताको दुःखलाई आप्mनो दुःख ठानेर साथमा साथ, हातमा हात दिने एकमात्र असल ब्यक्ति, निडर नेताको रुपमा ठहर गरेर यो पटक ऐतिहासिक रुपमा स्वतन्त्र उम्मेदवारकै रुपमा पनि उनलाई धरानबासीले विजयी गराएको यो कुनै सामान्य इतिहास हैन । उनको पाँचवर्षे कार्यकाल सफल र सबलरुपले पुरा होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: