
पूर्णपु्ष्टि, १० बैशाखा ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ८ बाखोरबाट सुरु भएको बाखोर–लिम्चुङबुङ–हलेशी “ढाक्रे पद यात्रा” मंगलबार खोटाङको हलेशी मन्दिर पुगेर समापन भएको छ । ४ दिन सम्म चलेको यात्रा उदयपुरमा शनिवार उद्घाटन गरिएको थियो भने हलेशी पुगेर मंलगलबार समापन गरिएको हो ।

यो पद यात्राले हलेशी र उदयपुरलाई जोड्न पनि उदेश्य राखेको छ । उदयपुरको तिन ओटा पालिका लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकालाई छोएर पद यात्रा गरिएको छ । यी तिनै पालिकाहरुको परिकल्पना र समन्वय तथा पशुपति प्रसाद गणकाको प्राविधिक सहयोगमा पद यात्रा आयोजना गरिएको थियो । यस गोरेटो हुँदा बिगतका पुर्खाहरुले ढाकरमा नुन तेल बोक्ने गरेका थिए । पहाडी इलाकाबाट खाद्यन्न नुन तेलका लागि यो गोरेटोलाई प्रयोग गरेर मधेश लाहान सम्म जाने गरेका थिए ।

बाजे पुर्खाहरुले प्रयोग गरेको पुरानो पाईलाहरुलाई अहिलेको पुस्ताहरुले जिवित बनाउनु पर्ने भन्दै यात्रा पद यात्रा आयोजना गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । यात्रामा सहभागी उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष खड्काले पदयात्रामा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । खड्काले यात्रामा कष्ठ भएपनि इतिहाँस रहने बताउनुभयो । यस यात्राले खोटाङको हलेशी र उदयपुरलाई पर्यटनमा समेत जोड्ने बताउनुभयो । आफ्ना पुर्खाहरुले ढाकर बोकेर लाहान जाने गोरेटोलाई सम्मान गर्न पद यात्राको नामकरणनै ढाक्रे पद यात्रा राखिएको थियो । यस यात्रामा अध्यक्ष राई सहित उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का लगायत वडाअध्यहरु र संञ्चारकर्मीहरु समेतको उपस्थित रहेको छ ।
