Wednesday, May 27News That Matters

हलेसिमा ट्याक्टर दुर्घटना : एकको मृत्यु एक घाईते, घाईतेलाई उपचारको लागि हेली बाट काठमाण्डौँ लगियो

पूर्णपुष्टि, फागुन १
खोटाङमा आज ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ गोर्दाखामा सोमवार भएको ट्याक्टर दुर्घटनामा परी सोहि नगरपालिका १० न वडा अर्खौले नौलापुरका १४ बर्षिय बालक सिटामोल भन्ने शेखर मगरको घटना स्थलमै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।

यता ट्याक्टरमा सवार ७ नं वडा ऐसालुखर्कका ३२ बर्षिय नगेन्द्र राई भने घम्भीर घाईते भएका छन् । हलेसी बाट सुकोसी तर्फ बालुवा लिन गईरहेको अवस्थामा स १ त ७७३३ नं को ट्याक्टर दुर्घटना भएको थियो । घाईते राईको स्वास्थ्य अवस्था गम्भिर भएपछि हलेसीमा सामान्य उपचार पश्चात थप उपचारको लागि हेली बाट काठमाण्डौँ लगिएको छ । दुर्घटनामा मृत्यु भएका बालक मगरको पोष्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेलमा सव राखिएको छ ।