
पूर्णपुष्टि, जेष्ठ २७ । धनुषामा हिरासत कक्षको वाल भत्काएर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काएर भागेका क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार यादवलाई प्रहरीले पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
डिएसपी गौतमका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजे हिरासत कक्षको वाल भत्काएर यादवसहित ६ जना फरार भएका थिए । उनिहरुमध्ये ५ जनालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । सार्वजनिक शान्तिविरूद्धको अपराध मुद्दाका आरोपित यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
