हेडसर नै एमाले नगर अध्यक्ष

पूर्णपुष्टि, कात्तिक १३ ।
केही समयअघि “शिक्षकले राजनीति गरे जागिर चट” भन्ने कुरा निकै चर्चामा थियो तर, अहिले उदयपुरमा एकजना हेडसर नेकपा एमालेको नगर अध्यक्ष भएका छन् । शिक्षकको नेतृत्वले नपुगेर एमाले राजनीतिको नेतृत्व ओगट्ने हेडमास्टर हुन् केशब घिमिरे । उनी त्रियुगा नगरपालिका अन्तर्गत वडा नं. १३ असारी स्थित जनता आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् ।

त्रियुगा नगर एमाले अधिवेशनमा ठूलै अभ्यासपछि उनी अध्यक्ष बनेका हुन् । चारजना मनोनित मध्ये हेडसर पनि एक हुन् । उनले पार्टीमा ठूलै अभ्यास र पावर लगाएर अन्तत अध्यक्ष पद ओगटेरै छाडेका हुन् । तीन/चारदिनको सकसपूर्ण अभ्यासपछि सर्बसहमतमा अध्यक्ष बनेका हुन् ।
एमालेले देखावटीरुपमा सबैतिर सर्बसहमत गर्न खोजेपनि त्रियुगामा ठूलो सकस पर्यो । त्रियुगामा मनोनयन हुनेहरु पार्टीको चेपुवामा परे । जति गर्दा पनि निर्वाचन नगरी सर्बसहमतिमै टुंग्याउन समय लम्ब्याउने काम भएपछि मनोनयनमा रहेका अन्य तीनजना सिर्जना दनुवार, दुर्गानन्द चौधरी र कुलबहादुर राउतले मन अमिलो बनाउदै छाडेको स्रोतले जनायो । सकसका साथ हेडसर एमाले नगर अध्यक्ष त भए तर अव नियमन निकायले जागिर चट पार्छ कि पार्दैन हेर्न बाँकी छ ।

जनता आधारभुत विद्यालय

उनले भने प्रअ अरुलाई छाड्ने तर शिक्षक जागिर भने नछाड्ने प्रतिक्रिया दिएका छन् । हिजो मात्र नगर कमिटि सार्बजनिक गरिएको हो, निर्बाचन समितिको संयोजक टेकबहादुर राउतले गरेका हुन् । शिक्षा नियमावली, शिक्षक आचारसंहिता र आचरण विरुद्ध उनी राजनीतिक दलको पदमा छन् । त्यो पनि मेजर पदमा । शिक्षकको राजनीतिले विद्यालयको शिक्षामा नकारात्मक असर परिरहेको छ । शिक्षकको जागिर खाएर राजनीति गरिहिड्दा वालवालिकाको शिक्षा कमजोर बन्ने गरेको छ । वालवालिकाको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई सरकारी जागिर दिएर राजनीति गर्ने वातावरण स्वयम् नीति,नियम निर्माणकर्ता राजनीतिक दलहरुले गर्दैआएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: