Friday, June 19News That Matters

१५ नं वडाका १० घर दलित परिवारलाई बाख्रा वितरण

पूर्णपुष्टि, १६ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १५ ले १० घर दलित परिवारलाई बाख्रा वितरण गरेको छ । आर्थिक बर्ष २०७९÷०८० को वडागत बजेट बाट वडामा रहेको दलित घर परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष गणेश तिमिल्सीनाले बताए ।

अध्यक्षका अनुसार त्रियुगा नगरपालिका १५ दलित नेटवर्कको समन्वयमा वडाले बाख्रा वितरण गरेको हो । नेटवर्कले नै छनोट गरी ल्याएका दलित परिवारलाई बाख्रा वितरण गरिएका अध्यक्ष तिमिल्सीनाले जनाए । वडामा दलित परिवारलाई आर्थिक स्तरउन्नती र आत्मानिर्भर उन्मुख गर्ने भन्दै बाख्रा वितरणको कार्यक्रम वडाले राखेका थिए । माओबच्चा गरी १५ ओटा बाख्रा वितरण गरिएको छ ।