Monday, April 20News That Matters

२०२३ को ‘वल्र्ड कार अफ द इयर’ हुन्डाई आयोनिक ६ लाई

पूर्णपुष्टि, चैत्र २३ । २०२३ को ‘वल्र्ड कार अफ द इयर’ हुन्डाईको विद्युतीय गाडी आयोनिक ६ घोषित भएको छ । न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा सो अवार्डका साथै आयोनिक ६ वर्ल्ड विद्युतीय भेहिकल र वर्ल्ड कार डिजाइन गरी थप दुई उपाधि समेत पाएको भारतीय अटो अखबार अटोकार इन्डियाले जनाएको छ। २०२२ मा पनि सोहि हुन्डाईको आयोनिक ५ ले यि तिनै अवार्ड हात पारेको थियो ।

२०२३ को वर्ल्ड लक्जरी कार अवार्ड लुसिड एयरले पाएको छ भने वर्ल्ड पर्फर्मेन्स कार किया इभी ६ जिटी र वर्ल्ड अर्बन कारको अवार्ड सिट्रोन सि ३ ले पाएको छ। संसारको ३२ राष्ट्रका एक सय जना अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलले अवार्डको छनोट गरेको हो ।

अवार्डको लागि योग्न हुन कम्पनीले वार्षिक रूपमा कम्तीमा १० हजार गाडी उत्पादन गरेको हुनुपर्ने नियम रहेको छ । उत्पादन गरेको गाडीहरू चीन, युरोप, जापान, कोरिया, ल्याटिन अमेरिका र अमेरिकी बजारमा बिक्रीको लागि उपलब्ध गराउनुपर्ने समेत नियममा उल्लेख गरिएको छ ।