Friday, February 7News That Matters

२४ औँ सशस्त्र प्रहरी दिवसमा  ५ न. गण हे.क्वा. त्रियुगाले गरेको कामहरु 

पूर्णपुष्टि, १२ माघ ।
सशस्त्र प्रहरी बल नेपाल गण ५ हेटक्वाटर गाईघाटले आफ्नो २४ औँ प्रहरी दिवस बिभिन्न कार्यक्रमहरुकाबीच सम्पन्न गरेको छ । सरसफाई, जनचेतना कार्यक्रम, बिपद व्यवस्थापन, रक्तदान, खेलकुद प्रतियोगिता, माल्यार्पण, यात्रु प्रतिक्षालय र पुरस्कार वितरण कार्यक्रमहरु सहित सम्मान कार्यत्रमहरु गरेर आफ्नो दिवस सम्पन्न गरेको हो ।
कार्यालयले त्रियुगा उच्च माध्यमिक बिद्यालय गाईघाट, देवी माध्यमिक विद्यालय भुल्के, महाकाली मावि चम्पापुर, त्रिबेणी माध्यमिक विद्यालय कटारी, थानपोखरी मावि ज्यामिरे गरि ५ वटा विद्यालयहरुका ४५५ जना विद्यार्थीहरुलाई विपद् ब्यवस्थापन तथा लागु औषध सम्वन्धी कक्षा जनचेतनामुलक कक्षाहरु संचालन गर्यो भने भगवति मन्दिर सरसफाई गरेको छ। यस्तै नेपाल रेडक्रस सोसाईटी कार्यालय बोक्सेमा रक्तदान र अमर शहिदहरुको नाममा नव(निर्मित शिलालेखमा माल्यार्पण गरेको छ ।
जिल्लाको कटारी नगरपालिका ३ सिद्धिचरण राजमार्गमा यात्रु प्रतिक्षालय तथा धारा र बेलका नगरपालिका ८ डुडखोलामा शुद्ध खाने पानी सहितको यात्रु प्रतिक्षालयको उद्घालटन पनि सोही दिवसको अवसरमा गरिएको छ ।
साथै सोही अवसरमा सहिद परिवारका आफन्तहरुलाई दोसल्ला ओडाई सम्मान, उत्कृष्ट कार्य गर्ने सप्रकहरुलाई प्रशंसा पत्र वितरण तथा विभिन्न खेलकुद विधामा विजय सप्रकहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । उक्त