५७ औँ राष्ट्रिय वाल दिवसको अवसरमा १३ नं वडामा बृहत कार्यक्रम


पूर्णपुष्टि, भदौ २९
बिभिन्न कार्यक्रमको आयोजना सहित १३ नं वडामा राष्ट्रिय वालदिवसको आयोजना गरिएको छ । १३ नं वडा स्थरी वाल समूह संञ्चालको आयोजना र १३ नं वडाको आर्थिक सहयोगमा बाल दिवस मनाइएको हो ।
हरेक बर्षका भदौ २९ गते मनाईदैँ आएको राष्ट्रिय वाल दिवस नेपालका भिन्न ठाउँहरुमा बालबालिका सम्बन्धि बिभिन्न कार्यक्रमको साथमा मनाइने गरिन्छ ।
मंगलबार वडाको लक्ष्मिपुर स्कुलको प्राङगनमा वालवालिकाको सम्बन्धित क्षेत्रहरु स्थानीय सरकार, शिक्षक, अबिभावक, टोल विकास संस्था र विद्यार्थी सहितको बृहत उपस्थितिमा सांस्कृति कार्यक्रम र बतृत्वकला प्रतियोगिता गरी राष्ट्रिय वाल दिवस भव्यताका साथ मनाइएको संजालका अध्यक्ष सफल गुरागाईले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष पशुपती चौधरीले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन सँगै अध्यक्ष चौधरीले वालवालीकाको क्षेत्रमा १३ नं वडा निकै अग्रसर रहेको बताउनुभयो । हरेक बर्ष वडाले वडाको बजेट विनियोजन भषणमै बालिकाको क्षेत्रमा बजेट छुट्याउने गरेको बताउनुभयो । चौधरीले वालवालिकाको क्षमता विकास कर्यक्रमका लागि यो बर्ष पनि राष्ट्रिय वाल दिवसमाको अवसरमा ५० हजार बजेट छुट्याएको बताउनुभयो ।

देश संघिय संरचनामा गए सँगै हरेक मानिसको अधिकार बरावरी रहेको भन्दै बालवालिकाको क्षेत्रमा पनि उत्तिकै अधिकारहरु सुनिश्चित भएको र लागु गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । चौधरीले बालअधिकार सुनिश्चित गर्न सबै क्षेत्रले बालवालिकाहरुको बारेमा आवाज उठाउन पर्ने बताउनुभयो । वालवालिकाहरुको अधिकार सुनिश्च गर्नकै लागि वडामै वाल संञ्जाल स्थापना गरिएको समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: