Wednesday, May 20News That Matters

बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

पूर्णपुष्टि, कार्तिक, २३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलमा सोमबार अचेत अवस्थामा फेला परेका मृत बेवारीसे बृद्धको शव आफन्तले बुझेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदनभण्डारी राजमार्ग छेउ सडकमा राती साढेँ ७ बजेको समयमा खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको र गोरो वर्णको मंगोलियन अनुहार भएको करिब ५०/५५ बर्षीय एक पूरुष अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा सोही राती करिब ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । ति बृद्ध त्रियुगा नगरपालिकाका २ मोतिहायीका ७५ बर्षिय हर्क बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार परिवारले बुझेको थियो ।