
पूर्णपुष्टि, गाईघाट, पुष १६ गते ।
त्रियुगा नगरपालिका शिक्षा शाखाको जानकारी अनुसार केही दिन देखी बढेको भारी चिसोका कारण तिन दिन बिद्यालय बिदा दिने निर्णय गरेको छ । १६, १७ र १८ गते सम्म विद्यालय बन्द गरिने शाखाले पत्र सार्वजानिक गर्दै जानकारी गराएको छ । सोही अनुसार नगर भित्र रहेका निजी विद्यालयका छाता संगठन प्याप्वसन एन प्यावसनहरुले पनि विदा दिने र मौसमको अवस्था हेरेर विद्यालय संञ्चालनमा ध्यान दिने निर्णय गरेको छ । पछिल्लो समय देशका बिभिन्न स्थानहरुमा अत्यादिक चिसो बढेको छ । बिषेशगरी तराईका भुभागहरुमा हुस्सु लागिरहेको छ । लगतारको हुस्सुले घाम नखुल्दा चिसो बढेको छ । चिसो जनजिवन प्रभावित बनाईरहेको छ ।

