
पूर्णपुष्टि, असार १९ । अर्घाखाचीँमा घरमाथि पहिरो खस्दाँ ३ बालबालिकाको मृत्यु भएको छ भने एक बालक गम्भिर घाईते भएका छन् । पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान गंगा रास्कोटीको घरमाथि पहिरो झरेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।
।
परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा पुरीएको उनले बताए । उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटीको मृत्यु भएको हो । १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते भएका छन् । सुचना पाएलगतै खटिएको प्रहरीको टोलीले स्थानियको सहयोगमा सचिन्द्रलाई जिवितै उद्धार गरेका हुन् । मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।
उद्धार गरिएका बालकलाई उपचारका लागि पाल्पा अस्पताल लगिएको अध्यक्ष न्यौपानेले जनाए । बालबालिकाको शव पोखराथोकमा रहेको स्वास्थ्य केन्द्रमा लैजाने र पोस्टमार्टमपछि परिवारलाई बुझाइने अध्यक्षले जानकारी दिए।
