Thursday, June 4News That Matters

आचारसंहिता पालन गर्नमा लिम्चुङबुङ पहिलो

पूर्णपुष्टि, वैशाख २० गते ।
उदयपुको आठ पालिकामध्ये निर्वाचन आचारसंहिता पालनामा लिम्चुङबुङ गाउँपालिका पहिलो रहेको मुख्य निर्वाचन अधिकुत दिपक खनालले बताउनुभयो । “उहाँले भन्नुभयो अनुगमनका क्रममा लिम्चुङबुङका उम्मेदवारले आचारसंहिता पूर्ण पालना गरेको भेट्यौ । उहाले थप्नुभयो सबै दल तथा उम्मेदवारले आचार संहिता पालनामा लिम्चुङबुङबाट सिक्नुपर्छ ।”
मुख्य निर्वाचन अधिकृत खनालको नेतृत्वमा जिल्लास्थीत सुरक्षा प्रमुख समेतको सहभागितामा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे अनुगमन भएको छ । उक्त टालीले जिल्लाका कटारी, लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाईमा निर्वाचनको अवस्था, तयारी, आचारसंहिता पालना लगाएतको अनुगमन गरेको छ । सो क्रममा राजनीतिक दल तथा उम्मेदवारसँग अन्तरक्रिया गरी आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध समेत गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अनुगमनका कार्यालयले आचारसंहिता विपरित गतिविधी गर्ने केही उम्मेदवारलाई कार्यालयले सम्झाए अब उप्रान्त त्यसो नगर्ने शर्तमा कारवाही नगरेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।