
पूर्णपुष्टि, बैशाख २०
त्रियुगा नगरपालिकाको मेयर पदका उम्मेदवार बसन्त कुमार बस्नेतले त्रियुगाको मेयरमा भारी मतले जित्ने दावी गरेको छ । अन्य पार्टीको भन्दा बढी काँग्रेसलाई जनताले विश्वास गरेको भन्दै त्रियुगामा अत्यादिक मतले जित्ने जनाए ।
बस्नेतले आफ्नो उम्मेदवारी र भारी मतले जित्ने आधारका कारण नगरवासीहरु सँग नजिकको सम्बन्ध रहेको जनाए । उनले आफुले पार्टी भित्र पनि जनताहरुको लागि अत्यादिक काम गरेको र गाउँटोलमा संगठन विस्तार गर्दै पार्टीलाई मजवुत तथा जनताहरुलाई विश्वास दिलाएको जनाए ।
आफुले जिते त्रियुगा नगरमा वडावासीहरुका लागि पंञ्च बर्षिय योजना बनाउने जनाएको छ । यहाँका सम्पूर्ण समुदायका वडावासीहरुको आमभेलामा उनिहरुको आवश्यक अनुसारका पंञ्चवर्षिय योजना तयार पार्ने आफ्नो प्रमुख कार्य रहेको जनाए । उनले ठुलो सपना नदेखाउने नगरवासीको सुक्ष्म आवश्यकलाई ख्याल गरेर काम गर्ने जनाएको छ । बस्नेतले आफ्नो नेतृत्वमा त्रियुगालाई समृद्ध शहर र शुखी नगरवासी बनाउने समेत जनाएको छ ।

