Thursday, April 30News That Matters

आजबाट राट्रपति निर्वाचनको आचारसंहिता लागु, प्रचार प्रसारमा रोक

पूर्णपुष्टि, फागुन २२ । निर्वाचन आयोगले आजबाट राट्रपति निर्वाचनको आचारसंहिता लागु गर्दै प्रचार प्रसारमा रोक लगाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज (सोमबार) राति १२ बजेदेखि फागुन २५ गते मतदान नसकुन्जेलसम्मका लागी प्रचार प्रसारमा रोक लगाईएको बताए ।

यस समयअवधिमा प्रचार प्रसार लगायत छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न निषेध गरिएको छ भने एसएमएस, फेसबुक, भाईबर लगाएतका ईन्टरनेटको माध्यमबाट मत माग्न वा प्रचार प्रसार गर्न नपाईने आयोगले जनाएको छ ।

विज्ञप्तीमा राष्ट्रपति देशको सर्वोच्च र गरिमामय पद रहेकोले निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको थियो । आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहितासमेत जारी गरेको छ ।