Wednesday, May 20News That Matters

शहिदहरुको सम्झनामा दिपप्रज्वलन

पूर्णपुष्टि,फागनु २२ । नेकपा एमाले त्रियुगा नगर कमिटिद्धारा सुखानीका शहिदको सम्झनामा दिप प्रजवलन गरेको छ । आईतवार त्रियुगा नगरपालिका वडा नं.१२ स्थित बुद्ध चोकमा कमिटिले दीप प्रच्वलन गरेको हो ।

ग्रासरुट अभियान (संगठन सुदृढिकरण) अन्तरगत सुखानीमा ज्यान गुमाएका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको सम्झनामा दीप प्रजवलन गरिएको एमालेका युवा नेता खगेन्द्र पोखरेलले जानकारी दिनुभयो । दीप प्रज्वलन कार्यक्रममा कम्युनिष्टलाई सिद्ध्याउनको लागि तत्कालिन पंचायन सरकारले २०२९ सालमा झापाको तत्कालिन खुदुनावारी गाविसमा झापा विद्रोहका अगुवाहरुको हत्या गर्यो, त्यही शहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो ।

दिपप्रज्वलन कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश कमिटी सदस्य भागवत राउत लगाएत जिल्ला तथा वडा कमिटीका सदस्यहरुको उपस्थिती रहेको नगर उपाध्यक्ष सागर नेपालले जानकारी दिनु भयो । सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो । झापा जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो ।

हाल त्यो क्षेत्र झापा जिल्लाको साबिक खुदुनाबारी गा.बि.स., हाल अर्जुनधारा नगरपालिकामा पर्दछ । बि.सं. २०२९ फागुन २१ गते झापा विद्रोहका अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए ।