
पूर्णपुष्टि, जेष्ठ २९ । आज बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री डा.प्रकाशशरण महतोले दिने भएका छन् । गत जेठ १५ गते पेश भएको बजेटमाथि उठेको प्रश्न र जिज्ञासाको जवाफ आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यसुची छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) भारत भ्रमणबाट फर्किएपछि सुरु भएको बजेटको छलफल आईतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।
