Thursday, April 30News That Matters

बुधबार कोशी प्रदेश सभको बैठक बस्ने

पूर्णपुष्टि, जेष्ठ २९ । कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । कोशी प्रदेश सभाको जेठ २३ गते सम्पन्न बैठकपछि सभामुख बाबुराम गौतमले अर्को सुचना जारी नभएसम्म बैठक स्थगित गरेका थिए ।

प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि सुचना जारी गरेको जानकारी दिए । जारी भएको सुचनामा यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने उल्लेख छ ।