
पूर्णपुष्टि, जेष्ठ २४ । बारामा शिशुको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारीलाई आफ्नै शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
१४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराले पत्रचार गरेको आधारमा आरोपीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । अन्सारीलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोट पक्राउ गरिएको उनले बताए । पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको प्रहरीले जनाएको छ ।
