
पूर्णपुष्टि, असोज २८ । उदयपुरका एक युवालाई धरानमा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ का १९ बर्षीय दिपक मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साझँ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाचँको क्रममा प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार मगरले बोकेको झोलाबाट लागू–औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट बरामद गरेको हो । मगरको साथबाट लागुऔषध बरामद भएसँगै अटो चालक त्रियुगा–१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
