Monday, April 20News That Matters

विद्यार्थी कुटेको आरोप लागेका जनता मावि दमौटीको प्रअ लाई जिम्मेवारीबाट हटाईयो

पूर्णपुष्टि, उदयपुर असोज २९  ।
त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता मावि दमौटीको प्रअ राजन राउतलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारीबाट हटाएको छ । कक्षा १० मा अध्यानरत छात्रा समिक्षा राईलाई झापड हानेको भन्दै अभिभावक तथा स्थानीयहरुले विरोध गरेपछि आईतबार तत्काल बैठक बसी राउतलाई प्रअको जिम्मेवारीबाट हटाईएको हो ।

विद्यार्थीलाई अन्य हिसावले पनि सम्झाउन सकिने र कार्वाही गर्न सकिने ठाउँ रहँदा रहँदै पनि झापड हानेर आँखा र गाला सुन्नीएको अभिभावकहरुको आरोप छ । राउत भर्खरै मात्र प्रअ बनेका थिए । कक्षामा एसईई सेन्टरको बारेमा कुरा गर्दा गर्दै शिक्षक र विद्यार्थी बीच सेन्टर काहा हुने भन्ने विषयमा कुरा हुँदै थियो । यतिकैमा शिक्षक राउतले यो पटक फरक ठाउँमा पनि सेन्टर हुने त्यस मध्ये मोतिगडामा पनि पर्न सक्ने बताएका थिए ।

सोही अवस्थामा समिक्षाले इस सर मोतिगडामा त हुदैन होला भनेका थिए । सोही अवस्थामा शिक्षकले अचानक विद्यार्थीलाई झापड हानेका थिए । इस शब्दका कारण प्रअ राउतले समिक्षालाई झापड हानेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुवेर कुमार मगरले प्रअ राउतलाई जिम्मेवारीबाट हटाईएको बताए । समितिले छलफलमा प्रअ राउतलाई हटाउने निर्णय गरेको हो । अध्यक्ष मगरका अनुसार राउतको ठाउँमा तत्काललको लागि अंगधन राईलाई जिम्मेवारी दिईएको छ । अर्को प्रअ व्यवस्थापन नभए सम्मका लागि राईलाई जिम्मेवारी दिईएको हो ।