Monday, April 20News That Matters

बेलकालाई हराउँदै गाईघाट सेमिफाइनलमा

सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २८ ।

त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको चौथो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब विजयी भएको छ ।मङ्गलबार बगाहाको खेलमा भएको खेलमा अजम्बरी फुटबल क्लब बेलकालाई ०-१ गोलले हराउँदै गाईघाट युनाइटेड फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

गाईघाटका लागि जर्सी नम्बर ९ का प्रवन राईले दोस्रो हाफको ४ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच गाईघाटका लागि गोल गर्ने प्रविन राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।

भोलिदेखि सेमिफाइनल खेल सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल स्टार इलाभेन क्लब बोक्से र आयोजक बगा युवा समूह बीच हुनेछ भने दोस्रो खेल आदर्श युवा क्लब नेपाल र गाईघाट युनाइटेड बीच हुनेछ ।