Monday, April 20News That Matters

आज हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अझै जुटेन एजेन्डामा सहमति

पूर्णपुष्टि, उदयपुर, असोज २८ गते ।
आजबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डाको सहमति हुन सकेको छैन् । जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेसले महत्वपूर्ण निर्णय र एजेन्डामा छलफल गर्नु पर्ने अवस्था छ । तर यता बैठकमा पेस गर्ने एजेन्डामा सहमति जुट्न नसक्दा जसका लागि कार्यसम्पादन समितिको बैठक बस्नेछ।
महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने वा नसक्ने धारणाका कारण नेताहरूबीच कुरा मिल्न सकेको छैन।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।

बैठकमा पेस गर्ने एजेन्डामा थप छलफल गर्न आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।

शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो ।

नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।

केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।