Saturday, May 16News That Matters

आज केही स्थानमा आंशिक बदलीको संभावना

पूर्णपुष्टि, उदपुर असोज २८ गते ।
कोशी प्रदेश सहित देशको केहि स्थानमा आज आंशिक रुपमा वदली रहने मौसम बिभागले जनाएको छ । हाल देशभर भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति देशभर मौसम मुख्यतया सफा रहने छ।