Saturday, May 16News That Matters

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : जोगिदहमाथी बगाहा विजयी 

सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २७ । 

त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक बगाहा युवा समूह विजयी भएको छ ।

सोमबार बगाहाको खेलमैदानमा भएको खेलमा स्टार युवा क्लब जोगिदहलाई ०-१ गोलले हराउँदै बगाहाले जित हासिल गरेको हो ।

बगाहाका लागि जर्सी नम्बर १३ का प्रवेश लिम्बुले दोस्रो हाफको ८ सेकेन्डमै गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो ।

यस खेलको म्यान अफ द म्याच बगाहाका प्रवेश लिम्बु बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।

भोलिको खेल गाईघाट युनाइटेड र अजम्बरी फुटबल क्लब बेलका बीच हुनेछ ।