Monday, April 20News That Matters

६ निर्णय सहित जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक सम्पन्न

पूर्णपुष्टि, उदयपुर, असोज २९ गते ।
जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक गाईघाटको कोहवरमा सम्पन्न भएको छ । समितिका सदस्य सचिव समेत रहेको जिल्ला समन्वय समितिको आयोजनामा आईतबार दोस्रो बैठक सम्पन्न भएको हो । समितिका अध्यक्ष समेत रहेका त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत सहित समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई र चौदण्डीगढीकी मनिकादेवी दुलाल, जिल्ला प्रहरी प्रमुख राजन चापागाई सहित महत्वपूर्ण ब्यक्तिहरु र अन्य पालिका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले बिभिन्न महत्वपूर्ण ६ ओटा बुदामा निर्णय गरेको छ । बैठकको पहिलो नंम्वरमा पहिलो बैठकको समिक्षा रहेको थियो । जसमा पहिलो बैठकको निर्णयहरु कार्यन्वयन भए नभएको बिषयमा गहन छलफल भयो । उक्त छलफलले निर्णय कार्यन्वयनलाई सकरात्मक भनेको छ । उक्त कामहरु सन्तोष जनक रहेको छलफलले निष्कर्श निकालेको छ । स्रोत अभावले लैँगिक हिंसा न्युनिकरण नियन्त्रणमा ठुलो असर पर्नुका साथै यसको जिम्मेवार स्थानीय सरकार समेत रहेको हुँदा सबै पालिकाहरुलाई समेटेर समिति निर्माण गरिएको छ । उक्त समितिमा सबै पालिकाका प्रमुख उपप्रमुखहरु सदस्यको रुपमा रहेका छन् । सबै पालिकामा लैँगिक हिंसाका घटनाहरु घट्दैँ जाँदा त्यसको नियन्त्रण हिंसाका ब्यक्तिहरुलाई व्यवस्थापन गर्नका लागि सिएमसी नेपालको सहजीकरण र प्राविधिक सहयोगमा एकद्धार संकट व्यवस्था केन्द्रले हाल सम्म सम्हालेका छन् । तर आर्थिक स्रोत अभावले उक्त कार्यक्रम संकट पर्ने भन्दै सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा जिल्ला स्तरीय समिति बनेको हो । ।

यसले पछिल्लो समय निकै राम्रो काम गरेको छ भने स्रोत व्यवस्थापनमा पनि फड्को मारेको छ । यो बर्ष सबै स्थानीय पालिकाहरुले धेर थोर बजेट छुटाएको छ । सबै पालिकाहरुबाट बजेट करिब १५ लाख जुटाउन सफल भएको र यसलाई भावी बर्षहरुमा थप बढाउनेखाले काम गर्दै जाने ओसिएमसीको उदेश्य छ । कार्यक्रमका लागि पालिकाहरुले गरेको प्रतिवद्धता अनुसार त्रियुगा नगरपालिका र बेलका नगरपालिकाले ३/३ लाख, लिम्चुङबुङ र रौतामाईले २/२ लाख बिनियोजन गरेका थिए । यता कटारीले एक लाख, चौदण्डीले दुई लाख, ताप्लीले एक लाख र उदयपुरगढीले पनि एक लाख बजेट बिनियोजन गर्यो । स्थानीय पालिकाहरुबाट मात्रै १५ स्रोत जुट्यो । कार्यक्रमका लागि २० लाख बजेटको तार्गेट रहेको थियो ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (GBVPR) – UNFPA, स्विस विकास तथा सहयोग एजेन्सी (SDC) र काठमाडौंस्थित नर्वेजियन दूतावासको आर्थिक सहयोगमा साझेदार संस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (CMC नेपाल) मार्फत सञ्चालित कार्यक्रमका उपलब्धिहरूलाई संस्थागत रूपमा दिगो बनाउने तथा लैङ्गिक हिंसाको प्रतिकार्यका लागि एकद्धार संकट व्यवस्थापन केन्द्रबाट प्रदान हुने बहुपक्षीय सेवाहरूका लागि मामला व्यवस्थापक कर्मचारीको सेवालाई निरन्तरता दिने सुनिश्चितताका लागि  बैठक आयोजना गरिएको थियो।

यस्तो छ दोस्रो बैठकको निर्णयहरु