
पूर्णपुष्टि, उदयपुर, असोज ३० गते ।
त्रियुगा नगरापलिका ३ सनुवामा ट्याक्टरको चक्काले किच्दा चालकक घाईते भएको छ । फत्तेपुर सडकखण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र२(०१(००१त०५८१ नंवरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक डा नंवर १ खैजनपुर बस्ने बर्ष अं १८ को अनिस कार्कीलाइ ट्याक्टरको बिचको दाईने पट्टिको पाङ्ग्राले किचिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे जानकारी पार्य अस्थाई प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हहल्दार निलकण्ठ श्रेष्ठको कमाण्डमा घाईतेलाई उद्दार गरी उपचारको लागि बिराटनगर पठाईएको छ । घाईतेको तिघ्राको भागमा पिल्सिएको र अन्य बाहिरि चोट भने नदेखिएको जनाईएको छ । घाईते चालकको अबस्था गम्भीर रहेको जनाईएको छ । ट्याक्टर धनी चालककै ठुलोबुवा नाता पर्ने केशव कुमार कार्की रहेको बुझिएको छ ।
