Monday, April 20News That Matters

उदयपुरबाट चुनाव लड्ने हर्क साम्पाङको उद्घोष, तीनदिन अफिस चारदिन कामको नीति (भिडियाे)

पूर्णपुष्टि/उदयपुर, असोज ३० ।
श्रम संस्कृति संगठन विस्तारमा जुटेका हर्क साम्पाङले उदयपुरमा आज चुनाव लड्ने उद्घोष गरेका छन् । उनले निति बनाउने ठाउँमा पुग्यौ भने विद्यालय वा अफिस तीनदिन मात्रै खोल्छौं, चारदिन काम हुन्छ भनेका छन् ।
उनले श्रम सधैभरी गरिहने र पार्टीको छुट्टै झण्डा नबनाउने जानकारी दिए । तीन करोड नेपालीको ६ लाख हातले एकैचोटी बेल्चा चलाउने कल्पना सुनाउदै कार्यक्रममा सहभागिहरुलाई संगठित हुन फकाए ।
नागरिकहरु स्वावलम्बी र सचेत नबनेसम्म देशमा सुशासन नआउने भन्दै भ्रष्टाचारविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताए ।
विदेशीले सरकार गठनदेखि फुटाउनेसम्म गर्ने गरेको आरोप उनले यसरी लगाएका छन् ।
प्रकृति संरक्षणमा विशेष जोड दिदै श्रमदातालाई जगाउन आएको भनेका छन् । उनले श्रम संस्कृतिमा संगठित हुन आव्हान दोहोर्याए ।