Thursday, June 4News That Matters

उदयपुरमा एमालेले गर्यो मनोनयन

पूर्णपुष्टि, बैशाख १२
उदयपुरको त्रियुगा नगरपालिकामा एमालेले उम्मेदवारी दर्ता गराएको छ । दिउसो १ बजे जुलुस सहित आएको एमाले मुख्य निर्बाचन अधिकृतको कार्यलयमा पुगेर मनोनयन गरेको छ । एमालेले त्रियुगा नगरमा प्रमुखमा भागबत राउत र उपप्रमुखमा महेश्वरी रार्इलार्इ टिकट दिएको छ ।

आज प्रमुख ,उपप्रमुख सहित सबै १६ वडाका अध्यक्ष, वडासदस्री उपस्थिति भएर उम्मेदवारी दर्ता गराएका छन । पार्टीको नगरकार्यालय बाट शुरु भएको एमालेको जुलस बजार परिक्रमा गरि निर्बाचन कार्यालय पुगेको थियो। मनोनयन पछि बोल्दै एमालेका त्रियुगा नगरका प्रमुखका उम्मेदवार भागबत राउतले सुशासनका लागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।

एमालेले वडा १ मा दिलिप चौधरी ,२मा घमानसिन्ह बस्नेत,३मा धर्म ब. तामाङ, ४ मा सुभास निरौला, ५ मा चुडामणिा चौधरी , ६ मा योगेन्द्र दहाल, ७ मा अम्बर दनुवार ,८ मा नबराज कार्की, १० मा किरण पाण्डे, ११ मा दिल ब तामाङ , १२ मा ध्वज कु राउत,१३ मा राम प्रसाद कट्टेल,१४मेघजित राई,१५ मा गिरि ब बस्नेत र १६ मा भुबन कटुवाललाई टिकट दिएको छ ।