
पूर्णपुष्टि, बैशाख १२
त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसले प्रमुख सहितका पदमा मनोनयन गरेको छ । आज बिहान ११ बजे जुलुस सहित मुख्य निर्बाचन कार्यालय पुगरे मनोनयन गरेको हो ।
उक्त जुलुसको नेतृत्व परराष्ट्र मन्त्री डा. नारायण खड्काले गरेका थिए । त्रियुगा नगरपालिकाको लागि प्रमुखमा बसन्त बस्नेत, उप प्रमुख सरिता राइ लगायत १६ वटै वडाका अध्यक्ष सहित सम्पुर्ण सदस्य उपस्थित भै मनोनयन गरेका छन । मनोनयन पछि बोल्दै मेयरका उम्मेदवार बसन्त बस्नेतले त्रियुगाका जनतालार्इ खुसी राख्न उम्मेदवारी दिएको बताएका थिए ।
नेपाली काङ्ग्रेसले १ मा मनोज चौधरी २ मा टीकाराम बुढाथोकी, ३ मा तिलक कटुवाल , ४ मा बद्री बस्नेत, ५ मा उद्दब थापा ६ मा कृष्ण बुढाथोकी , ७ मा गम्भीर दनुवार, ८ मा राज कुमार राउत,९ मा राज कुमार दनुवार १० मा प्रकाश् खड्का ११ मा सुमन्त कोइराला , १२ चुडा काफ्ले,१३ मानबिन चौधरी १४ मा गिता मगर,१५ नीर कुमार मगर र १६ मा राम बहादुर मगरले वडाध्यक्षमा मनोनयन गरेका छन्।
त्रियुगा नगरपालिकामा गठबन्धन गर्ने कसरत भएपनी सबै दलले प्रमुखमा दाबि गरेसँगै गठबन्धन हुन सकेन । गठबन्धन हुन नसकेपछी मित्रबत प्रतिस्पर्धा गर्ने निर्णय गरि निर्बाचनमा होमिएका छन् ।

