Sunday, April 26News That Matters

उदयपुरमा जमेको पानी (होली) मा डुबेर एक पूरुषको मृत्यु

पूर्णपुष्टि, भदौ ४ । उदयपुरको बेलका नगरापलिका–२ स्थित शान्तिनगर टोलमा जमेको पानी (होली) मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५७ वर्षीय तिखे तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमवार दिउँसो करिब २ बजे धानखेत गोड्न एबिसी टापुतर्फ हिडेका तामाङ बेलुका सम्म घर नफर्किए पछि परिवार र गाउँलेहरूले खोजी कार्य थालेका थिए । परिवार र गाउँलेहरुले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको खोजी गर्ने क्रममा आज बिहान ७:२० बजेको समयमा शान्तिनगरको बुधबारे पश्चिम स्थित होलीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयहरूका अनुसार पछिल्लो समय परेको अविरल वर्षाका कारण बाटोमा रहेको जमुवा पानी बढेको थियो । यही जमुवा पानी तर्ने क्रममा तामाङ डुबेको अनुमान गरिएको छ । हाल मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।