
पूर्णपुष्टि, ४ भदौ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा भएको उत्खनन बारे छानबिन समितिले अबैध ठहर गरेको छ । नगरको साउन २९ गते बसेको कार्यपालिकाको बैठकले वडा नम्बर–९ का अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउत संयोजकत्वमा गठित समितिले उक्त उत्खनन अबैध रहेको ठहर गरेको छ । वडा नम्बर–४ का अध्यक्ष लुङ्गाराज राई र इन्जिनियर सन्तोष राई समेतको तिन सदस्यीय छानविन समितिले प्रतिवेदन सार्वजानिक गर्दै उक्त उत्खनन कार्यलाई अबैध ठहर गरेको हो ।

छानविन समितिले अवैध रुपमा माटो चोरी निकासी गरिएको जग्गा कित्ता नं। ८० को १५ कट्ठा ४.५ धुर र बाँकी कित्ता नं. २४८, २४९ र १९७ का केही क्षेत्रफलबाट १९ हजार ८ सय ९० दशमलव ६७५ घनमिटर अवैध रुपमा उत्खनन भएको प्रतिवेदन सार्वजानिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै समितिले उक्त परिणामको अवैध माटो चोरी निकासी भएको ठहर सहित उक्त परिणामको माटो चोरी निकासी गर्ने सितारम कन्ट्रक्सन बेल्टारलाई कोशी प्रदेशको आर्थिक ऐन, २०८२ को अनुसूची १४ बमोजिम राजश्व र जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश कानुन अनुसार २ रुपैयाँ प्रति घन हुन आउने १४ लाख ५ हजार ७७ रुपैयाँ २९ पैसा र प्रदेश कानुन अनुसार सोको दोब्बर जरिवाना समेत गरि कुल २८ लाख १० हजार १ सय ५४ रुपैयाँ ५७ पैसा सिताराम कन्स्ट्रक्सन बेल्टारलाई राजश्व दाखिला गराउने निर्णय गरेको छ ।
छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदन तयार गर्न सरोकारवालाहरूको बयान, स्थलगत अवलोकन÷अनुगमन र उपलब्ध तथ्याङ्क तथा अभिलेखका आधारमा निर्माण गरेको जनाएको छ ।
