
९ माघ, २०८२ । उदयपुर
उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् ।
चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् ।
क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् ।
राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।
