Thursday, May 14News That Matters

उदयपुरमा पनि मौलाउँदै श्रमदान अभियान

पूर्णपुष्टि, १४ भदौ ।

कयौँ कामहरु बिना पैसा पनि सम्भव छ । तर त्यसका लागि निस्वार्थ श्रमदान आवश्यक रहन्छ । कतिपय कामहरु तपाई हाम्रै पाखुरा र परिश्रमले सफल हुन्छ त्यसका लागि श्रम अभियान आवश्यक छ । सानो तिनो कामहरुलाई पनि हामि कहिले बजेट आउँछ र काम गराउँ भन्ने बानि छ । तर त्यो बजेट पर्खिरहेको कामलाई हाम्रो हात पाखुरा चलाउँदा बिनै बजेट काम सफल हुन्छ । सामान्यतया सरसफाई, वृक्षारोपण, खोलाखाल्सी तटबन्धन समधान, भत्किएको संरचना र सानो तिनो भौतिक संरचनाहरुको व्यवस्थापन त श्रमबाटै पनि गर्न सकिन्छ । तर यसबारे चेत नखुल्दा आफ्नै हात पाखुरा बाट सम्भव कामहरुलाई पनि बजेटको आसले हाम्रो आवश्यक कामहरु सफल भैरहेका छैन ।

चाम्लीङ् खाम्वात्तिम त्रियुगा नगर कमिटीले शनिवार बावरी साकेला पार्कमा सरसफाई र वृक्षारोपाण गर्दै गरेको दृश्य

धरान उपमहानगरपालिकामा खानेपानी देखी नाली र भौतिक संरचनादेखी पार्कहरुको काम समेत श्रमबाटै सम्भव भएको छ । यी ठुला योजना त श्रमबाट सम्भव भए भने तपाई हाम्रै समाज समुदायमा आई पर्ने सामान्य समस्याहरुको लागि किन बजेट अनि सरकारको मुख ताक्ने ? यो कति समय सम्म सम्भव होला त्यो त थाहा भएन । तर पछिल्लो समय उदयपुरमा पनि श्रम अभियानको कामहरु विकास हुन थालेको छ । सरसफाई, वृक्षारोपण देखी बाँध निर्माण सँगै भत्किएको संरचनालाई सुधार सम्मको कामहरु श्रम अभियानबाटै सुरुवात भएको छ ।

यसै बर्षको बर्षाले त्रियुगा नगरपालिका वडा नं १ मैना गाउँ स्थित खोरिया खोलाले बस्ती कटान गर्यो । स्थानीयहरुले सरकार गुहार्यो । वडा सरकारलाई र स्थानीय सरकारलाई बाँध निर्माण वा तत्काल समधानका लागि गुहार गरे । तर स्थानीय र वडा सरकारले बजेट नभएको बताएपछि सुरेन्द्र साम्पाङ नेतृत्वको युवाहरु सहित स्थानीयहरु आफैले मिलेर बस्ती जोगाए । स्काभेटरका लागि पैसा भेला गरेर बाँकी काम आफैले श्रम मार्फत गरे । कयौँ बजेटको काम प्रक्रिया अनुरुप जानुपर्ने हुँदा त्यो बेला सम्म वस्तीनै बगाई सकेको अवस्था हुन सक्छ जस्ले गर्दा पनि श्रमदान तत्कालको लागि आवश्यक रह्यो, श्रमदान अभियान नेतृत्वका साम्पाङ्ले भने”, । स्थानीयहरुको श्रमदानबाटै उक्त स्थानलाई तत्कालको लागि जोखिम न्युनिकरण गर्न सफल भयो । उक्त श्रम अभियानलाई वाईसिएल नेपालले पनि सहयोग गर्यो ।

यता पत्रकार समेत रहेका बेद्धि चाम्लीङले गाईघाट लगायत जिल्लाका बिभिन्न स्थानहरुमा सरसफाई लगायत श्रम अभियान दैनिक रुपमा संञ्चालन गरिरहेको छ । जिल्ला अस्पताल परिसरमा सरसफाई, राधाकृष्ण मन्दीर तथा भगवती मन्दिर आसपास सरसफाई, दुर्घटना न्युनिकरणका लागि डिभाईडर निर्माण लगायत गरिव दुखीका लागि घर निर्माण सँगै आर्थिक संकलन लगायतका कामलाई राईले श्रम मार्फत अघि बढाएको छ ।

पत्रकार बुद्धि चाम्लिङ् राईका नेतृत्वले सरसफाई तथा संरचाना निर्माण गर्दै गरेको एक दृश्य

यस्तै किरात राई यायोख्खा ११, १२ र १३ वडा कमिटीलले त हरेक महिनाको दोस्रो सनिबार श्रम अभियान नै संञ्चालन गरिरहेको छ । जस्ले हरेक महिनाको दोस्रो हप्ता साकेला पार्कमा सरसफाई र वृक्षारोपण गर्दै आएको छ । यस्तै चाम्लीङ् खाम्बात्तिम त्रियुगा नगर कमिटीले पनि श्रम अभियानलाई अघि सारकेको छ । गत शनिवार मात्रै बाबरी स्थित साकेला पार्कको झाडी सरसफाई र विरुवा रोपेर उक्त स्थानलाई हरावरा बनाएको छ ।

किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कमिटीले हरेक महिनाको दोस्रो शनिवार आयोजना गरिने श्रमदानको एक दृश्य ।

यस्तै गरी १४ गते शनिवार आदिवासी जनजाति महासंघ त्रियुगा नगर कमिटीले पनि श्रमदान गरेको छ । यस कार्यक्रम अन्तर्गत सरसफाई र वृक्षारोपण गरेको छ । यसैगरी माओवादी केन्द्र निकट युवा संगठन वाईसिएल नेपाल उदयपुरले पनि दुई महिना सम्म श्रम तथा उत्पादन अभियान अघि सारेको छ । उक्त कार्यक्रमले पनि उदयपुरमा सरसफाई, बाँध निर्माण, थारुहट रंगशालाको संरचनाहरुको मर्मत, दुर्घटना न्युनिकरणका लागि सहयोग जस्ता काम श्रम मार्फतनै गरिरहेको छ ।

वाईसिएल नेपाल उदयपुरले संञ्चालन गरेको श्रम तथा उत्पादन अभियान कार्यक्रम अन्तर्गत थारुहट रंगशालाको तारजाली मर्मत गर्दै गरेको एक दृश्य ।

यस्तै गरी रौतामाई ६ मा पनि माओवादी नेता तथा स्थानीय शुक्र राईले उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा श्रमदान मार्फत सरसफाई तथा वृक्षारोपन गरिरहेको छ । यस्तैगरी माओवादी मजदुर पार्टीले पनि श्रम मार्फत सरसफाई र अस्थायी पुल निर्माण कृषकलाई औजार सामाग्रीहरु श्रम मार्फत गरिरहेको छ । यी सबै कामहरु बजेटले हैन पाखुराले नै गरिएको हो । यदि बजेट आएर यो काम गरौँला भनेर बसेको भए नत बजेट आउँथ्यो नत काम बन्थ्यो ।

रौतामाई गाउँपालिका ७ का माओवादी युवा नेता शुक्रराईको नेतृत्वमा रौता पोखरीमा श्रमदान मार्फत गरिएको सरसफाईको एक दृश्य ।
माओवादी मजदुर पार्टीले श्रम मार्फत स्थानीय खहरे खोलामा निर्माण गरेको स्थाई पुलको एक दृश्य ।