Thursday, May 14News That Matters

उदयपुरमा संञ्चालित निजी विद्यालयका सवारी चालकहरुलाई एकदिने अभिमुखीकरण

पूर्णपुष्टि, १४ भदौ ।

उदयपुरमा संञ्चालित रहेका निजी विद्यालयका सवारीमा चालकहरुलाई सुरक्षित यात्रा र सेवाका लागि अभिमुखीकरण गराईएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा ट्राफिक कार्यालय उदयपुर र प्यावसन एनप्यावसन उदयपुरको सहकार्यत्रमा प्लालशेर राई स्मृती प्यावसन भवन मोतिगडामा अभिमुखिकरण गराईएको हो । यस कार्यक्रमले विद्याथीहरुको यात्रा र सेवालाई सुरक्षित गर्ने भएको छ । बिषेशगरी बढी मात्रामा निजी विद्यालयका विद्यार्थीहरुलाई वस सेवा संञ्चालन गरिरहेको हुँदा विद्यार्थीहरुलाई सुरक्षित बनाउन जिम्मेवारी रहन्छ ।

अभिभावकहरुले आफ्नो बालवच्चाहरुलाई विश्वासका साथ विद्यालयमा जिम्मा दिरहँदा उनिहरुको घर र विद्यालयको सम्मको यात्रा सुखद, सहज र सुरक्षित बनाउनु पर्ने विद्यालयको जिम्मा रहन्छ । सोही अनुसार वसमा विद्यार्थीहरुलाई सुरक्षित बनाउन चालकहरु अति जिम्मेवार रहनु पर्ने भुमिका बिषयमा अभिमुखीकरण गरिएको छ । चालक सँगै संञ्चालक र व्यवस्थापन टिमले पनि सवारीको सुरक्षामा ध्यान दिनु पर्ने बताईएको छ । सवारीलाई चुस्त दुरुस्त रुपमा मर्मत संभार लगायतका जिम्मेवार संञ्चालकहरुको रहन्छ । यस्तै चालकहरुले लापर्वाही तरिकाले सवारी नचलाउने, बच्चाहरुको रेखदेखमा ध्यान पुराउने, तिव्रगति नचलाउने, पार्किङ र बच्चा चढाउने र झार्ने स्थानहरुलाई सुरक्षित बनाउने, भित्री सडक र मुख्य सडकहरु प्रयोग गर्दा ध्यान दिने, मापासे लापासे गरेर सवारी नचलाउने, अनिदाने थकानमा सवारी नचलाउने, सवारी चालक अनुमति पत्र र कागजात सहित सवारी चलाउने र अन्ततः बच्चाहरुको यात्रा सुरक्षित गर्न आवश्यक सबैखाले कुराहरुबारे सुझाईएको छ ।