
पूर्णपुष्टि, फागुन ३ । नेपाल सरकारका संघीय सभामुख देवराज घिमिरेले आज उदयपुरमा एक प्रतिष्ठित ब्यक्तिको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकटमा टाँचा लगाई प्रचलनमा ल्याउनुका साथै सालिक अनावरण गर्नुभयो ।
जनकवी स्वर्गिय गम्भिरबहादुर थापाको तस्बिर अंकित टिकट प्रचलनमा ल्याएसंगै शालिक अनावरण भएको हो । उदयपुरको उदयपुरगढी–४ मा १९८१ ऋसार १४ मा जन्म भई साहित्य, राजनीति र समाजसेवामा विशिष्ट योगदान पुर्याएका थापाको ८५ वर्षको उमेरमा स्वर्गरोहण भएको थियो । २००७ सालका जनक्रान्तिको स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक योद्धा रहेका स्वर्गिय थापाको त्रियुगा नगरपालिका ६ जलजलेमा सालिक निर्माण भएको छ । जिल्ला हुलाक कार्यालयको रोहबरमा सभामुख घिमिरेले टिकट आवरण गरी टाँचा लगाउनु भएको हो । आजैबाट टिकट प्रचलनमा आएको हुलाक कार्यालय उदयपुरले जनाएको छ ।


