Thursday, April 23News That Matters

उदयपुरमा स्कुटरबाट खसेर महिलाको मृत्यु

पूर्णपुष्टि, साउन २४ । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोक नजिकै स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको सुखीपुर नगरपालिका–८ बस्ने ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो २ बजेर २५ मिनेटको समयमा ६८ वर्षीय जगरनाथ साह सुडीले चलाएको स ५ प ७० नम्बरको स्कुटरमा पछाडि सवार उनकी श्रीमती गंगिया अचानक स्कुटरबाट खसेर घाईते भएकी थिईन् ।

घाइते भएकी सुडीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा चेकजाँच गर्दा सोही साझँ ४ बजेर ५७ मिनेटमा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।