Thursday, April 23News That Matters

वाईसिएल उदयपुरले गर्यो मदन भण्डारी राजमार्गको डिभाईडरमा रङ रोगन

पूर्णपुष्टि, २४ साउन ।
वाईसिएल नेपाल उदयपुरले मदन भण्डारी राजमार्गमा रहेका सडक लेन डिभाईडरमा रङ रोगन गरेको छ । शनिवार गाईघाट बजार आसपास लगायत अन्य बिभिन्न स्थानमा राखिएको सडक लेन डिभाईडरमा रङ रोगन गरेको हो । श्रम तथा उत्पादन अभियान अन्तर्गत संञ्चालित दुई महिने अभियानको क्रममा रङ रोगकनको काम गरिएको हो । उक्त अभियानको क्रममा वाईसिएल उदयपुरले श्रमदान, सरसफाई, बाँध निर्माण र रंगशाला मर्मतको कामहरु गरिसकेको छ ।

वाईसिएल युवाहरुको सक्रियतामा उक्त अभियान चलायमान बनिरहेको छ भने यस अभियानलाई जनताहरुले नजिक देखि नियाली रहेको छ । दलहरु गफ र भाषण सँगै भ्रष्टचारमा लिप्त भएको भन्दै असन्तुष्टी जनताहरुले माओवादीलाई पनि चुनाव बिषेश काम गरेको आरोप लगाईरहेको बेला वाईसिएलले भने आफ्नो कर्म नछाडेको युवाहरु बताउँछन् । माओवादी अब जनता, श्रम र उत्पादन सँग जोडिएको युवाहरुको भनाई छ । निलो कलरमा रहेको डिभाईडरलाई बिभिन्न रङगले आकर्षण बनाईएको छ ।