
पूर्णपुष्टि, २५ साउन ।
गाईघाटमा रहेका बाबा बेनी हेन्सम पार्लर (सैलुन) ले अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको छ । गाईघाट स्थित असारी लाईन निलो पुल नजिक रहेको उक्त सैलुनले अबको समयबाट भने अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको हो । एकीकृत समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटी अध्यक्ष समेत रहेका सैलुन संञ्चालक सुभनारायण ठाकुर (बेनी) ले असक्त र अपाङ्गताहरुको सेवालाई प्रभावकारी बनाउन यो सेवा प्रदान गरेको जनाए । समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटीको पहलमा उक्त सेवा प्रदान गर्न लागिएको ठाकुरको भनाई छ ।
खुसिलाल पोलिक्लिनिकमा ५० प्रतिशत छुट ६० नाघेकाहरुको निशुल्क चेकजाँच
यो सँगै खुसिलाल पोलिक्लिनिक गाईघाटले पनि अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिनहरुलाई ५० प्रतिशत छुटमा चेकजाँचको सेवा प्रदान गर्ने भएको छ । पुरानो टेम्पोचोकमा रहेको उक्त पोलिक्लिनमा डा.खुसिलाल ठाकुरले ५० प्रतिशत छुटमा चेकजाँच गर्ने भएको हो । यस्तै ६० बर्ष माथीका व्यक्तिहरुलाई भने निशुल्क चेकजाँच सुविधा प्रदान गर्ने भएको छ । एकीकृत समाजवादीमा आवद्ध सदस्यहरुले पनि यो सेवा प्राप्त गर्नेछ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव वलदेव चौधरीले युवाहरुको यो कार्य जनतामुखी रहेको जनाए । असक्त र असाहय प्रतिको यो कार्यले समाजमा सकरात्मक असर पार्ने चौधरीको भनाई छ । उनले युवाहरुको यो सकरात्मक कार्यमा आफ्नो सँधै साथ सहयोग रहने जनाए ।

