Friday, April 17News That Matters

दुर्घटनामा घाईते बागचौरीका सफल ६० हजार आर्थिक अभावले घरमै थन्किए, सहयोगको अपिल

पूर्णपुष्टि, २५ साउन ।
दुर्घटनामा घाईते त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीका १३ बर्षिय सफल परियार आर्थिक अभावले घरमै थन्किन बाध्य भएको छ । असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि घम्भीर घाईते भए । घाईते सफललाई चुहाडेकै एक मेडिकलमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि घाईकोघाटको दिपेश मेडिकलमा पठाईयो । दिपेश मेडिकलले पेटमा पानी जमिएको भन्दै जिल्ला पठायो ।

जिल्लाले पनि पेटमा पानी जमिएकै बताए । बिरामीको छटपटीका कारण जिल्लाले पनि उक्त केश नसक्ने भन्दै बाहिर रेफर गर्यो । जिल्लाको रेफर पश्चात सफललाई बिराट टिचिङ पुराईयो । त्यहाँ पनि पानी जमिएकै पक्ता लागेपछि अप्रेशन गर्नु पर्ने अस्था आयो । आन्द्रामा असर पर्ने भन्दै अस्पिटलले तत्काल अप्रेसनका लागि सफलको परिवारलाई सुझायो । आर्थिक विपन्न परिवारलाई सफलको अप्रेसन गर्न सम्भव थिएन । डाक्टरलाई सोध्दा ४ लाख लाग्छ भन्यो । छोराको ज्यान हो जसो तसो गरेर भएपनि अप्रेसन गर्न तर्फ बाबु सुवास परियार आर्थिक जोहो तर्फ लागे । निकै ठुलो मेहनत पश्चात छोराको अप्रेसन त भयो । तर पैसा अभावले भनेको समय सम्म छोरालाई हस्पिटल राख्न सकेन । अहिले सफल घर फिर्ता भएको छ । उनलाई फलो अफमा लैजान करिब ६० हजार लाग्ने हस्पिटलले जनाएको छ । अप्रेसनमा सैबै सिलापाता गरेको पैसा अब कहिबाट निस्कने छाँडखाँड छैन् । उनिहरुले अहिले ६० हजारको लागि हात फैलाई रहेको छ । सबैलाई आर्थिक आह्वान गरिरहेको छ । सकेको सबै तहबाट सहयोग गर्न परिवारले अपिल गरेको छ ।