
पूर्णपुष्टि, २२ बैशाख ।
उदयपुरमा सोमवार एकै दिन तिन दुर्घटना भएको छ । उदयपुरको मदन भण्डारी हाईवेको भिभिन्न स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार हलेशी बाट बेहुली लिएर सुनसरी तर्फ फर्कने क्रममा उदयपुरको चौदण्डगिढी ४ बर्खे डाँडाँ स्थित ट्याक्टरले ठक्कर दिँदा खोटाङ हलेसी तुवाचुङ् नगरपालिका वडा नखुलेको गिता परियारको मृत्यु भएको हो । परियार सँगै रहेका सुनसरी २० नं वडा वस्ने युजन परियार भने घाईते भएको छ । उनिहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दिउँसो पानी पर्नै लाग्दा रोकिरहेको वसबाट चटपटे खाएर फर्किदा बाटो काट्ने क्रममा विपरिद दिसाबाट आएको ना ३ त ८१० न. को ट्याक्टरले ठक्कर दिएको थियो । सोही ठक्करबाट एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार उदयपुरगढी ६ स्थित लिटिल फ्लावरर्स बोर्डिङको पनि वस दुर्घटना भएको छ । यस दुर्घटनामा भने मानवीय क्षेती भएको छैन् । यता दिउँसा मदन भण्डारी राजमर्ग स्थित होक्सेमा पनि हायस दुर्घटना भएको थियो । काठमाण्डौँदेखी बिराटनगर तर्फ गैरहेको ना ५ ख ७३६ नं को हायस सडक छोडेर मकै बारी पसेका थिए । हायसमा सवार सबै यात्रुहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
