
पूर्णपुष्टि, उदयपुर, पुष १३ गते ।
उदयपुर आईडल सिजन २ को अन्तिम प्रतिस्पर्धा यहि पुष २६ गते गाईघाटमा सम्पन्न हुँदैछ । उक्त प्रतिस्पर्धामा ६ जना फाईनलिस्ष्टहरु सहभागी छन् । यस मध्यकी एक जना प्रतिस्पर्धि रविना राई हुन् । राई गायीकी क्षेत्रमा निकै मेहनती र लगनशिल प्रतिस्पर्धि हुन् । अब्बल स्वरकै कारण सयौँ प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप ६ मा पुग्न सफल राईको अबको एउटै उदेश्य उदयपुर आईडल सिजन २ को बिजेता बन्नु हो । यसका लागि राईले साथीभाई, आफन्तजन र आम दर्शकहरुलाई भोटको अपिल गरेकी छिन् । त्रियुगा नगरपालिका वडा नं १२ की रविनाले आफ्नो गायनलाई देश विदेशमा फैलाउन अवसर प्रदान गर्न सबै सामु भोटको अपिल गरेकी हु्न । सुरिलो स्वरकी धनी राई बिभिन्न सांगितिक कार्यक्रमहरुमा समेत भाग लिने गरेकी छिन् ।
