Monday, January 12News That Matters

उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

पूर्णपुष्टि, उदयपुर, पुष २७ गते ।
उदयपुर मिलिजुली समाजद्धारा कुवेदमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २०२१ मा स्थापना भएको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यक्र गर्दै आएको अवस्थामा रक्तदान गरिएको हो । उक्त संस्थाले बिदेशमा अलपत्र परेका पिडित तथा महिलाहरुलाई उद्धार गर्दै आईरहेको छ ।

उक्त संस्था कुवेतमा वसेर नेपालीहरुका लागि सामाजिक संस्थाको रुपमा काम गर्दै आईरहेको संस्थाका अध्यक्ष मोहन लुईटेलले जनाएको छ । रक्तदान प्रदानले मानवीय सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरिएको हो । उक्त संस्थामा युवक राई र उमेश पुडाशैनी संरक्षणको रुपमा रहेको छ भने सचिवमा रमेश सिलवाल रहेको छ ।