Tuesday, April 21News That Matters

उदयपुर सुनचादी व्यवसायी संघद्धारा फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान

सुनिल राई, गाइघाट ÷ फागुन १० । उदयपुर सुनचादी व्यवसयी संघले फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान गरेको छ । आइतबार बिहान संघको सभाहलमा एक कार्यक्रमको बिच जिल्लाको तिनजना सहित ६ जनालाई सम्मान गरेको हो ।

उदयपुरको थरुहट रंगशाला गाईघाटमा भर्खरै फागुन ९ गते सम्पन्न एन्फा महिला च्यापियनसिपको विजेता तथा उपविजेता टिमको राष्ट्रिय खेलाडी र मुख्य रेफ्रिलाई संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा पनि आफ्नो देशको पहिचान र गरिमा बढाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

संघले उदयपुरको त्रियुगा नगरपालिका घर भएकी फिफा रेफ्री अन्जना राई, राष्ट्रिय खेलाडी बेलका नगरपालिका घर भएकी दिपा राई, कटारी नगरपालिका घर भएकी हिरा कुमारी भुजेल सहित सावित्री किसन, मनमाया दमाई र बिमला वि.क. लाई सम्मान गरेको हो ।

हिरा कुमारी भुजेल, मनमाया दमाई र सावित्री किसन एन्फा महिला च्याम्यिसिपको उपाधि विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लबकी खेलाडी हुन् भने विमला वि.क र दिपा राई उपविजेता त्रिभुवन आर्मी क्लबकी खेलाडी हुन् । फिफा रेफ्रि अन्जना राई यस च्याम्पियनसिपको मुख्य रेफ्रिमा रहेकी थिईन् ।