
पूर्णपुष्टि, जेठ १४ ।
त्रियुगा नगरपालिकाको उपप्रमुख पदमा मतगणनाको सुरुदेखि नै नेपाली काङ्ग्रेस अग्रतामा छ । सुरुमा तेस्रोस्थानमा रहेको नेकपा एमाले अहिले भने दोस्रोस्थान ओगट्दै काङ्ग्रेससंग मत अन्तर घटाउदै गएकोछ । फराकिलो अन्तरमा काङ्ग्रेसलाई पछ्याउदै आएको एमाले अहिले २२८ मत अन्तरले पछि छ ।
२४ हजार ५७५ गणनाको मतपरिणाममा उपप्रमुखमा नेपाली काङ्ग्रेसकी सरिता राई ७,८३४ मतका साथ अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै दोस्रोस्थानमा नेकपा एमालेकी महेश्वरी राई ७,६०६ मत रहेको छ । तेस्रो स्थानमा ४,९९७ मतका साथ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्की रहेकी छिन् ।
